फेरि आकाशियो सुनको भाऊ

काठमाडौं, जेठ १८ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला सुनको मूल्य ६१ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै आइबार तेजावी सुनको मूल्य ६१ हजार २ सय रुपैँया प्रतितोलामा कारोबार भइरहेको छ ।

त्यसैगरी, आइतबार नेपाली बजारमा चाँदीको भाउ बढेको छ ।

शुक्रबार चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो । तर, आइतबार चाँदी तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!