आज कति छ सुनको भाऊ ?

काठमाडौं, जेठ २० । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आइतबार प्रतितोला सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै आइबार तेजावी सुनको मूल्य ६१ हजार २ सय रुपैँया कारोबार भएको थियो भने आज पनि प्रतितोला सुनको मूल्य ६१ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज पनि चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्