प्रभावन र गीतादेवीको ‘सपनी’ (भिडियो सहित)

लोकदोहोरी गायक प्रभावन जे र गायिका गीतादेवीको सुमधुर स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘सपनी’ दर्शक तथा स्रोता माझ आएकोे छ ।

गीतको शब्द, संगीत, स्वर, तथा भिडियो निर्देशन प्रभावन जेको रहेको छ भने नवीन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन् । प्रज्ञा साउण्ड एच.डिमा रेर्कड गरिएको गीतको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् । म्युजिक भिडियोमा राजाराम गौतम, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्याल को अभिनय रहेको छ । दृश्य छायाँकनमा ड्रोन रोनिश तामाङले चलाएका छन् भने क्यामरा सागर गौतमको रहेको छ ।

म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइ, सहायक दृश्य सम्पादन अरबिट पोखे्रल, मेकअप शर्मिला राईले गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरी धुलिखेल, बनेपा र रोशी गाउँपालिकामा म्युजिक भिडियोको छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ ।

केही समय अघिमात्र सत्य घटनामा आधारित जालमा फसायौ भाग १ लेराएको डिएआर मुभिजले जालमा फसायौ भाग २ को काम सम्पादनको चरणमा रहेको र सो गीतअघि अरु केही गीतहरु पनि ल्याउने जानकारी डिएआर मुभिजले गराएको छ ।
‘सपनी’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट आम श्रोता तथा दर्शक माझ लेराईएको छ ।

गीतको भिडियो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!