सिद्धार्थ बैंकको ‘कभर संग’ प्रतियोगिता रेशम श्रेष्ठले जिते

काठमाडौं, जेठ २० । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको ‘कभर संग’ अर्थात् शीर्ष गीत प्रतियोगिताको उपाधि रेशम श्रेष्ठले जितेका छन् ।

बैंकले श्रेष्ठलाई ५० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ । यस प्रतियोगिताका प्रतिस्पर्धीहरूले बैंकको कर्पोरेट गीत गाएर युट्युबमा अपलोड गरेका थिए । यसरी प्रतियोगीहरूले युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो ।

आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै जाने बैंकले जानकारी गराएको छ । बैंकका देशैभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), १ सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६८ एटीएम र १ हजार ३ सयभन्दा बढी पस (पीओएस) मेसिन रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!