चलचित्र ‘सोच’को फस्टलुक पोस्टर सार्वजनिक, आउँदो भदौ २० गते प्रदर्शनमा आउने तयारी

काठमाडौं, जेठ २० । एक्सन लभस्टोरी चलचित्र ‘सोच’को पोस्टर सार्वजनिक गरिएको छ ।

पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको चलचित्र आगामी भदौ २० गते प्रदर्शन हुँदैछ । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिव्युटर्सको व्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक तीन डिजाइनका पोस्टरमा अभिनेताद्वय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ ।

गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्ममा प्रज्वल, नीता, पुजनका साथमा विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसी लगायतका कलाकारले अभिनय गरेका छन् । कृष्ण आचार्यको पटकथा, सम्वाद रहेका सोचमा एनवि महर्जनको द्वन्द निर्देशन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन रहेको छ । चलचित्रले मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत प्रदान गर्ने निर्देशक पुजनले बताए । सोचलाई आरआर फिल्मसले वितरण गर्ने छ ।

कमेन्ट गर्नुहोस्