लक्ष्मी बैंकको वर्ल्डकप योजनाः डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकका लागि विशेष योजना सुरु

काठमाडौं, जेठ २० । लक्ष्मी बैंकले ‘कन्ट्रोल ओ’ नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरुका लागि विशेष योजना सुरु गरेको छ ।

एफ१ सफ्टसँगको सहकार्यमा सञ्चालित सो योजनाअन्तर्गत हाल जारी आईसीसी क्रिकेट विश्वकप २०१९ को अवधिभर ‘कन्ट्रोल ओ’मार्फत बचत खाता खोल्दा ग्राहकहरुले ५ सय रुपैयाँ बराबरको मोबाइल ब्यालेन्स प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्ने निवेदन दिन सक्ने र त्यसलाई आधिकारिकता दिन एकपटकको लागि बैंकको नजिकैको शाखामा जानुपर्ने बैंकले जनाएको छ।

लक्ष्मी बैंकले कागजरहित बैंक खाता खोल्न अभिपे्ररित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको जानकारी दिएको छ। यसबाट विद्युतीय कारोबारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ । वल्र्डकप विशेष योजना वातावरणमैत्री बैकिंग प्रणाली अवलम्बन गर्नेतर्फ बैंकको एक अर्को कदम हो । यस योजनाले वातावरणमा कार्वन फुटप्रिन्टमा कमी आउने र जिम्मेवार एवं दिगो व्यवसायलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकको ४७ जिल्लामा १०६ शाखा, २ एक्स्टेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय २८ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५८ शाखारहित बैंकिङ्ग एजेन्टहरु रहेका छन्।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो योजनासँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!