शैलेश्वरी स्पोर्ट क्लबको आयोजनामा महिला गोल्डकप हुँदै

कैलाली, जेठ २० । नेपालमा पहिलो पटक महिला गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता शैलेश्वरी स्पोर्ट क्लब धनगढीको आयोजनामा भइरहेको हो । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी आगामी मंसिर ५ देखि १४ गतेसम्म धनगढी स्थित रंगशालामा प्रथम अपी सैपाल गोल्डकप आयोजना हुने जानकारी दिएको छ ।

प्रतियोगितामा सात प्रदेशका ७ र तीन वटा विभागिय टीमको सहभागिता हुने क्लबका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेता टीमले पाँच लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार र प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । खेलकुदको विकास नै सुखी नेपाली समृद्ध नेपाल निर्माणको प्रमुख आधार भन्ने नाराको साथ प्रतियोगिताको सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!