चलचित्र ‘काँचुली’को छायांकन काठमाडौँमा तिव्रगतिमा

काठमाडौं, जेठ २१ । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘काँचुली’को छायाँकन काठमाडौंका विभिन्न ठाउँमा छायाँकन तिव्रगतिमा भइरहेको निर्माण पक्षले बताएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘काँचुली’मा वास्तविक जीवनमा मानिसले देखाउने विभिन्न गतिविधिलाई चलचित्रमा उतारिएको छ । जसरी सर्पले आफनो अवस्था अनुसार काँचुली फेर्छ त्यसरी नै मानिसले पनि आफनो समयानुकुल व्यवहार परिवर्तन गर्छ भन्ने कुरालाई चलचित्रमा देखाउने प्रयास गरिएको छ ।

चलचित्रमा शुभेच्छा थापा ,राजन महर्जन, रिजन बिसुन्खे, राजन श्रेष्ठ,अस्मि थापा, अन्जना ज्योती, आर जे भिलेन, गोविन्द लामा, मिलन तामाङ, रुपक भण्डारी, बिपिन केसि, शुभाष गजुरेल रश्मी भट्ट, रामशरण खत्रीको अभिनय रहेको छ ।

छायांकन सुशील डागी, सम्पादन बिश्वास भण्डारी, नृत्य राजन महर्जन, द्वन्द्व देव महर्जन, स्वर नित्या शिवा, बाबुल गिरी, शम्भु रैकाको रहेको छ । संगीत बाबुल गिरी, राजेन्द्र बजगाइ, शंकर अधिकारी घायलको रहेको छ भने मङ्सिरमा रिलिज गर्ने लक्ष्यको साथ छायाँकन गरिएको छ । चलचित्रमा मुख्य सहायक निर्देशन अशोक थापा र मिडिया कोर्डिनेटर रोशन पोखरेलको रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!