लगातार सुनको मूल्य बढ्यो

काठमाडौं, जेठ २१ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर प्रतितोला सुनको मूल्य ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै सोमबार तेजावी सुनको मूल्य ६१ हजार २ सय रुपैँया कारोबार भएको थियो भने आज फेरि बढेर प्रतितोला सुनको मूल्य ६१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, मंगलबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

सोमबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज घटेर चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्