बजारमा बुधबार पनि घटेन सुनको मूल्य

काठमाडौं, जेठ २१ । साताको चौथो दिन बुधबार पनि नेपाली बजारमा फेरि सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला सुनको मूल्य ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि बढेर प्रतितोला सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै मंगलबार तेजावी सुनको मूल्य ६१ हजार ४ सय रुपैँया कारोबार भएको थियो भने आजपनि फेरि बढेर प्रतितोला सुनको मूल्य ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बुधबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

मंगलबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज बढेर चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्