सलमानको ‘भारत’ ले कमायो पहिलो दिनमै ४२ करोड

एजेन्सी । बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘भारत’ ले पहिलो दिनमा नै ४२.३० करोड भारु कमाएको छ । यो चलचित्र सलमान खानको करियरमै सर्वाधिक कमाइ गर्ने चलचित्रसमेत बनेको छ ।

यस अघि सन् २०१५ मा रिलिज भएको चलचित्र ‘प्रेम रतन धन पायो’ ले पहिलो दिनमा ४०.३५ भारतीय रुपैयाँ करोड कमाएको थियो । त्यस्तै ‘टाइगर जिन्दा हे’ ले ३४.१० करोड भारतीय रुपैयाँ र ‘सुल्तान’ ले ३६.५४ करोड भारतीय रुपैयाँ कमाएका थिए ।

सलमान खानको ‘भारत’ चलचित्र बलिउडमा अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने दोस्रो ठूलो ओपनर बनेको छ । यसअघि आमिर खानको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ ले पहिलो दिनमा ५२.२५ करोड भारु कमाइ गर्दै पहिलो दिनमा सर्वाधिक कमाउने चलचित्रको पहिलो स्थानमा छ ।

याे पनि पढ्नुस  ४ भाषामा धमाकेदार इन्ट्री गदै दबङ्ग–३, यस्तो भयो घोषणा

कमेन्ट गर्नुहोस्

error: Content is protected !!