शुक्रबार कतिमा कारोबार भइरहेको छ सुनका गरगहना ?

काठमाडौं, जेठ २४ । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।

बिहीबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य ६२ हजार रुपैँयामा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्