गायक रमेशको ‘फुल फुल्ने बगैचा’मा कुमार र अंकिता यस्तो छ रोमान्स (भिडियोसहित)

गायक रमेश क्षत्रीको आधुनिक गीत ‘फूल फुल्ने बगैंचा’ सार्वजनिक भएको छ ।

अहिले बजारमा आउने गरेको भन्दा केही भिन्न शैलीको गीतमा माया प्रेमको बिषय समेटिएको छ । गीतमाथि एक आकर्षक भिडियो पनि निर्माण भएको छ । बुढासुब्बा म्युजिकको युट्युवबाट सार्वजनिक भएको भिडियोमा कुमार गुरुङ र अंकिता क्षेत्रीले रोमान्स गरेका छन् ।

नरेश बिसीको शब्द, सन्जुकुमार थापाको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको गीतको भिडियो फलानो क्रियसनबाट निर्माण भएको हो । भिडियोमा सरोज अधिकारीको छायाँकन, सुवास अमागाइको सम्पादन र कुमार गुरुङको निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्