हात्तीले भत्काए घर र मन्दिर

महोत्तरी, जेठ २४ । महोत्तरीको सुकुम्वासी बस्तीमा जङ्गली हात्तीको समूहले आधा दर्जन घर भत्काएका छन् । बर्दिबास नगरपालिका–८ स्थित सुकुम्वासी बस्तीमा जङ्गलबाट सात÷आठ वटाको सङ्ख्यामा आएको हात्तीले स्थानीयवासी विक्रम महतो, शान्ति महतो, भरत महतो, पदम भुजेल, सञ्जीव कापर र राधे विकको घर भत्काएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

ती हात्तीहरुले सोही बस्तीमा रहेको शिव मन्दिरको पर्खालसमेत भत्काइदिएको प्रहरीले जनाएको छ । बस्तीमा अचानक जङ्गलबाट हात्ती आएर घरहरु भत्काउन थालेपछि सो बस्तीमा भागाभाग भएको छ भने स्थानीयवासी निकै भयभित भएका छन् । ती हात्तीहरुले कुनै मानवीय क्षति नपुर्याएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्