लोक गायक कुलेन्द्र विश्वकर्मा कतारमा सम्मानित

सन्तोष क्षत्री, दोहा । चर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई सम्मान गरिएको छ । उनलाई पर्वत समाज कतारले सम्मान गरेको हो । कार्यक्रमको सिलसिलामा कतारको दोहा पुगेका विश्वकर्मालाई लोक दोहोरीको क्षेत्र मार्फत पर्वतलाइलाई पहिचान गराएको भन्दै शुक्रबार एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।

कार्यक्रममा गायक विश्वकर्माले पर्वत समाज कतारको कलाकारप्रतिको सम्मानलाई आभार व्यक्त गर्दै लोक गीत–संगीतको जगेर्ना गरि आफ्नो कलामार्फत आफू जन्मे ठाउँलाई संसार भर पहिचान गराउने बताए । उनले ‘सालको पात टपरी’ ‘रुमाल हल्लार्इ हल्लार्इ’, ‘भुल्नै भयो धौ’ लगायतका दर्जनौं हिट गीत गायका छन् । शुक्रबार नै कार्यक्रमको शिलसिलामा कतारबाटै युके जान लागेका उनलाई सोही अवसरमा बिदाईसमेत गरियो ।

संस्थाका अध्यक्ष सबिन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थापक भुपति भट्टराई , संरक्षक छबिलाल भट्टरार्इ, अजय बिक, सल्लाहकार आनन्द सुवेदी, मानार्थ सदस्य डिल्लीराम भट्टराई, अनुशासन बिभाग प्रमुख याम बहादुर क्षत्री, सांस्कृतिक बिभाग प्रमुख शक्ति क्षत्री, संस्थापक विकास लामिछाने र नेपाल पत्रकार महासंघ कतार शाखाका सचिव दिलकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । समाजका प्रथम उपाध्यक्ष श्याम न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव शेषराज तिमिल्सिनाले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!