मलेरियाका कारण मलेसियामा एक नेपालीको मृत्यु

मलेसिया, जेठ २५ । मलेसियामा मलेरियाका कारण एक नेपालीको ज्यान गएको छ । राजधानी क्वालालम्पुर स्थित कोतरायामा लामो समयदेखि व्यवसाय गर्दै आएका मोरङका सन्तोष खड्काको मलेरियाका कारण ज्यान गएको हो । उनको उपचारको क्रममा शनिवार मृत्यु भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।

कोतराया स्थित साईनो रेस्टुरेन्टका सञ्चालक खड्कालाई गत ६ तारिख चेरास अस्पतालमा भर्ना गरिएको थियो । उनको शव अस्पतालमै रहेको र आवश्यक कागजी प्रक्रिया पूरा गरि नेपाल पठाउने तयारी भईरहेको दूतावासले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!