बम विष्फोटको डेढ महिनापछि जासुसी विभागका प्रमुखद्वारा राजीनामा

कोलम्बो । श्रीलंकामा गत २५ अप्रिलका दिन भएका श्रृंखलाबद्ध बम विष्फोटको डेढ महिनापछि राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सिसिरा मेन्डिसले राजीनामा दिएका छिन् ।

बम विष्फोट हुनु अघि नै पर्याप्त सूचना पाएपनि त्यसलाई सम्बन्धित निकायसम्म नपुर्याएको र आवश्यक कार्यवाही नगरेको भन्दै उनको विभागमाथि गम्भीर आरोप लागेको थियो ।

भारतीय जासुसी संयन्त्रले श्रीलंकाको समकक्षिहरुलाई आतंकवादी हमला हुने र त्यसमा संलग्नहरुको व्यक्तिगत विवरण समेतको सूचना विष्फोटको एक साता अघि नै दिएका थिए । बम विष्फोटमा २५८ जनाको मृत्यु भएको थियो ।

श्रीलंकाका रक्षा सचिव शान्ता कटिगोडाले राजीनामा दिएको पुष्टि गरेका छन् । राष्ट्रपतिको आलोचनाबाट निकै दुखित भएर आलोचना दिएका शान्ताले बताएका छन् । राष्ट्रपतिमाथि समेत बम विष्फोट असफल बनाउन नसेको भन्दै आलोचना चुलिएको थियो ।

कमेन्ट गर्नुहोस्