आइतबार पनि घटेन सुनको भाऊ !

काठमाडौं, जेठ २६ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।

शुक्रबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!