नेपाल आइडलका प्रतिस्पर्धी अमित बरालले ल्याए ‘चैर मुसी चैर’ (भिडियो)

काठमाडौंः नेपाल आइडल सिजन–२ का प्रतिस्पर्धी अमित बरालको अर्को नयाँ गीत सार्वजनिक भएको छ । उनी र सिन्धु मल्लको आवाजमा रहेको ‘प्रितीको जाल’ (चैर मुसी चैर) बोलको गीत आज सार्वजनिक भएको हो । गीतमा पल शाह र वर्षा सिवाकोटीको उत्कृष्ट नृत्य देख्न सकिन्छ ।

यो गीतमा सुदम थापा र नरेन्द्रराज रेग्मीको शब्द–संगीत र केशव बाबुको एरेन्ज छ । अमितले एक महिना अघि ‘म तिम्रै हुँ’ बोलको गीत बजारमा ल्याएका थिए । ‘चैर मुसी चैर’ मा सुदूर तथा मध्यपश्चिममा गाइने देउडाको सुगन्ध भेट्न सकिन्छ । यो शब्द पनि त्यही क्षेत्रमा बोलिने गरिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्