स्टोइनिसले लिए एकै ओभरमा दुई विकेट, रोकिएन भारतको विशाल स्कोर

काठमाडौँ, जेठ २६ । अस्ट्रेलियाका मार्क स्तोइनिसले एकै ओभरमा दुई विकेट लिए । उनले ५० औं ओभरको पहिलो बलमा चौथो विकेटको रूपमा एमएस धोनीलाई आउट गरे भने ओभरको पाँचौं बलमा विरत कोहलीलाई आउट गरे । धोनीलाई मार्कस स्तोइनिसले कट एण्ड बोल्ड गरे भने कोह्लिलाई प्याट कमिन्जले क्याच गरे ।

धोनीले १४ बलमा एक चौका र ४ छक्कको मद्दतले २७ रन बनाए । विराटले ७७ बलमा ८२ रन बनाए । यसमा ४ चौका र २ छक्का लगाए ।

भारतले यसका साथै अस्ट्रेलियासामु ३५३ रनको विशाल लक्ष दिएको छ  । यो विश्वकपमा भारतद्वारा दिइएको चौथो सबैभन्दा ठुलो लक्ष हो । यस अघि उसले क्रमशः ४१३, ३७३ र ३७० रन बनाएको छ ।

 

कमेन्ट गर्नुहोस्