पोर्चुगलले जित्यो पहिलो नेसन्स लिगको उपाधि, रोनाल्डोको दोस्रो अन्तराष्ट्रिय ट्रफी

काठमाडौं, जेठ २७ । पोर्चुगलले नेशन्स लिगको उपाधि जितेको छ । गएराति भएको फाइनलमा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगलले नेशन्स लिगको उपाधि जितेको हो । उपाधि जिताउने क्रममा पोर्चुगलका लागि खेलको ६० औँ मिनेटमा गोन्सालो ग्युडेसले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थथामा बेर्नार्डो सिल्भाको पासमाा ग्युडेसले गरेको गोल नै उपाधिका लागि पर्याप्त भयो ।

नेदरल्यान्ड्सले पहिलो हाफबाटै बल पोजेसन राम्रो बनाएपनि गोल गर्न सकेन ५८ प्रतिशत बल पोजेसन आफ्नो पक्षमा राखेको नेदरल्यान्ड्सले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा उपाधिबाट बिखुम भयो। यो प्रतियोगितामा म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आएका बेर्नार्डो सिल्भा प्लेयर अफ द टुर्नामेन्ट भए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!