रेलले किचेर चार जनाको मृत्यु

काठमाडौँ, जेठ २७ । भारतको उत्तरप्रदेश राज्यको इटावा जिल्लामा भएको रेल दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

सोमवार बिहान भएको उक्त दुर्घटनापछि घटनास्थलमा त्रास र डरको माहौल रहेको प्रहरीले बताएको छ ।

दुर्घटना बलरई रेल्वे स्टेसननेर रेल्वे लाइन पार गरिरहेका मानिसलाई राजधानी एक्सप्रेस भन्ने रेलगाडीले किच्दा भएको हो ।

मारिनेहरूका एकजना नातेदारहरूका अनुसार चारै जना मृतक कानपुर बाट रेलमा चढेका थिए ।

गुजरातको सुरत भन्ने शहर गइरहेका उनीहरू अवध एक्सप्रेसमा चढेको र टिटीईले जनही पाँच सय रुपैयाँ माग्न थालेपछि उल्टोतिरको ढोकाबाट भाग्न खोज्दा उक्त दुर्घटना भएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!