क्रिकेटर युवराज सिंहद्वारा सन्यास घोषणा

काठमाडौंः भारतीय क्रिकेट टिमका अलराउन्डर एवं कीर्तिमानी क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । मुम्बईको एक होटमा पत्रकार सम्मेलन गर्दै युवराजले सन्यास लिएको घोषणा गरेका हुन् ।

सन्यु २००० देखि भारतीय क्रिकेट टीमका सदस्य रहेका युवराजले १९ सेप्टेम्बर २००७ का दिन दक्षिण अफ्रिकाको डरबनमा इङल्याण्डका बलर स्टुअर्ट बोर्डको ओभरका छ बलमा छ छक्काको कीर्तिमान बनाएका थिए ।

टि-ट्वेन्टी विश्वकपको त्यस खेलमा युवराजले १२ ओभरमा नै ५० रन पूरा गरेर सबैभन्दा कम बलमा अर्धशतक बनाउने रेकर्ड राखेका थिए । टि-ट्वेन्टी क्रिकेटमा यो रेकर्ड अझै कायम छ ।

विश्वकप जिताउन महत्वपूर्ण योगदान 

युवराजसिंह भारतले जितेका दुई विश्वकपमा भारतीय टीमका सदस्य थिए । २००७ को टि-ट्वेन्टी विश्वकपमा उनले भारतको विजयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने २०११ को एक दिवसीय क्रिकेट विश्वकपमा उनी म्यान अफ द सिरिज भनेका थिए र भारतलाई विश्व च्याम्पियन बनाउन समेत उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

कमेन्ट गर्नुहोस्