आन्दोलनमा उत्रिए लोकसेवाका परीक्षार्थी

काठमाडौं, जेठ २८ । लोकसेवाले स्थानीय तहका लागि खोलेको ९ हजार कर्मचारीको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समितिविरुद्ध परीक्षार्थी आन्दोलनमा उत्रिएका छन् । संविधानविपरित भएको राज्यव्यवस्था समितिले नौ हजार कर्मचारीको विज्ञापन रोक्न निर्देशन दिने निर्णयविरुद्ध लोकसेवाका परीक्षार्थी आन्लोलनमा उत्रिएका हुन्।

काठमाडौंको माइतीघरदेखि जुलुस लिएर नयाँबानेश्वरसम्म पुगेका उनीहरुले राज्य व्यवस्था समितिविरुद्ध र लोकसेवाको पक्षमा चर्का नाराबाजी गरे।

जुलुसमा सहभागीहरुले लोकसेवाको परीक्षा रोक्न नहुनेमा जोड दिएका थिए । राज्य व्यवस्था समितिले सोमबार जेठ १५ गते लोकसेवाले खुलाएको विज्ञापन रोक्न सरकार र लोकसेवालाई निर्देशन दिने निर्णय गरेको थियो।

कमेन्ट गर्नुहोस्