‘गलबन्दी’ ले बनायो यस्तो रेकर्ड (भिडियोसहित)

काठमाडौंः गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘गलबन्दी’ ले सर्वाधिक चाडो एक करोड भ्यूज पाउने गीतको रेकर्ड बनाएको छ । गीत सार्वजनिक भएको आधा महिनामा नै यसलाई एक करोड भन्दा बढी पटक हेरिएको छ ।

गीतसंगीत भ्यूजको आधारमा मात्र हिट हुन्छ भन्ने हुँदैन । तर, यो गीतले भ्यूज मात्र होइन, दर्शकस्रोताको माया पाएको छ । प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेको यो गीतलाई ३ लाख ७ हजार भन्दा बढीले लाइक गरेका छन् भने करिब ३० हजार कमेन्ट गीतमा आएको छ । यो गीत बालबच्चा, यूवादेखि वृद्धसम्मको मुखमा झुन्डिएको छ । यसको सफलता आफैमा लोभलाग्दो हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

https://youtu.be/QNInfBuBcOA

कमेन्ट गर्नुहोस्

error: Content is protected !!