प्रहरीले पोखराका ‘ड्रग्स डिलर’ जोन पक्रन उत्तम चोकमा गोली चलायो

काठमाडौं, जेठ २९ । प्रहरीले लागूऔषध कारोबारी समाउन पोखराको उत्तम चोकमा गोली चलाएको छ।

प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । लागूऔषध कारोबारको सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीले गोली चालउँदा जोन भन्ने गोविन्द थापा घाइते भएका हुन् ।

प्रहरीको पटके सूचीमा रहेका जोन केही समयअघिमात्र कतारबाट सजाय भुक्तान गरेर फर्किएका थिए। उनी सन २०१४ देखि २०१८ सम्म कतारमा कारागारमा थिए। कास्की प्रहरीमा ज्यानमार्ने उद्योग र सार्वजनिक मुद्दामा पटके अभियुक्त हुन्।
प्रहरी निरीक्षक गणेश सुवेदीको नेतृत्वमा खटिएको टोली उपर जोनले हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको थियो। उनको दायाँ घुडामा गोली लागेको छ ।

पक्राउ गर्न गएको प्रहरी टोली उपर नै आक्रमण गरेपछि प्रहरीले जोनलाइ गोली हानेर नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । उनका अनुसार घाइतेको अवस्था सामान्य छ । घाइतेको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!