शेयरबजारः ३ अंकले आरालो लाग्यो नेप्से परिसूचक

काठमाडौं, जेठ २९ । बुधबार नेप्से ३ दशमलव ५० अंकले घटेर १ हजार २ सय ७२ दशमलव ४८ को बिन्दुमा पुगेको छ ।

यसदिन १ सय ७४ कम्पनीको १८ लाख ७१ हजार ८०४ कित्ता शेयर खरिदबिक्री भई ५० करोड २६ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५० अंकले घटेर २ सय ७२ दशलमव ३६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार ग्लोबल आईएमई बैंकको प्रमोटर शेयरको भएको छ । जसको कारोबार ७ करोड १२ लाख ६२ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्वा्िधक कमाउनेमा साल्ट ट्रेडिङ्ग कर्पोरेटको भएको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । साथै धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ९ प्रतिशतले घटेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!