सन्तोष परियारले ल्याए ‘पल्ला गाउँकी ठूली’ (भिडियोसहित)

काठमाडौंः मिलन फिल्मस प्रा.लिको प्रस्तुतिमा गायक सन्तोष परियारको मौलिक लोक दोहोरी गीत ‘पल्लो गाउँकी ठूली’ बजारमा आएको छ । गीतमा सन्तोषसँगै गिता देविले पनि स्वरमा साथ दिएकी छिन् । गायक परियारकै लय–शब्द रहेको गीतमा विष्णु तामाङको संगीत र मिलन श्रेष्ठको निर्देशन छ ।

रोशन धितालले सम्पादन गरेको यो गीतको भिडियोमा अलिना रायमाझी, सुदर्शन खतिवडा, सन्तोष परियार र गिता देविको अभिनय देख्न सकिन्छ । भिडियोलाई मरुभुमी नारायणले छायांकन गरेका हुन् । यसअघि गायक परियारका ‘झ्यापमा थिए’, ‘रातो स्याउ’ लगायत गीत बजारमा आइसकेका छन् । गिताले ‘लभ गर्न भ्याइएन’, ‘तिम्रो माया चटक्कै’ लगायत गीतमा आवाज दिइसकेकी छिन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्