विश्वकप क्रिकेटः भारत र न्यूजिल्याण्डको खेल रद्द हुन सक्ने

काठमाडौंः इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बिहीबार हुने भारत र न्यूजिल्याण्डबीचको खेल रद्द हुनसक्ने अनुमान लगाइएको छ । इंङल्याण्डमा मौसम प्रतिकूल भएकोले भारत–न्यूजिल्याण्डबीचको खेल रद्द हुनेसक्ने अनुमान गरिएको हो । अहिलेसम्म त्यहाँ तीन खेल वर्षाका कारण प्रभावित भइसकेका छन् ।

श्रीलंका–पाकिस्तान, श्रीलंका–बंगलादेश र वेस्ट इन्डिज–दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण प्रभावित भएपछि अंक बाँडिएको थियो । त्यसैगरी नै भारत र न्युजिल्याण्डका बीच बिहीबारका नटिङघममा हुने खेल पनि त्यस दिनको मौसम पूर्वानुमानअनुसार रद्द हुनसक्ने आँकलन गरिएको छ । नटिङघममा बिहीबार वर्षा हुने मौसम पूर्वानुमान अधिकारीहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!