विश्वकपः शतक बनाएर आउट वार्नर, पाकिस्तानलाई पाँचाै सफलता

काठमाडौं, जेठ २९ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्धको खेलमा अष्ट्रेलियाका डेभिड वार्नरले शतक बनाएका छन् ।

११ चौका र १ छक्काको मद्दतमा १११ बलमा उनले १०७ रन बनाएका हुन् । जारी विश्वकपमा वार्नरको पहिलो शतक हो । विश्वकप इतिहासमा भने उनको यो दोस्रो शतक हो । वार्नरलाई आज शाहीन शाह अफ्रिदीले आउट क्याच आउट गराए ।

टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले आज उत्कृष्ट सुरुवात गर्यो । वार्नर र फिन्चले पहिलो विकेटका लागि १४० बढी रनको साझेदारी गरे । यो समाचार तयार पार्दासम्म अष्ट्रेलियाले ४२.१ ओभरमा ५ विकेटको क्षतिमा २७७ रन बनाएको छ । आज प्लेइङ–११ मा को–कोले पाए मौका?

अष्ट्रेलिया टिमः आरोन फिन्च (कप्तान), डेविड वार्नर, शन मार्श, स्टिभ स्मिथ, उस्मान ख्वाजा, ग्लेन म्याक्सवेल, एलेक्स केरि, नाथन कुल्टर नाईल, प्याट कमिन्स, मिचेल स्टार्क र केन रिचड्सन ।

पाकिस्तान टिमः सरफराज अहमद (कप्तान), इमाम उल हक, फखर जमान, बाबर आजम, मोहम्मद हफिज, सोएब मलिक, आशिफ अली, वहाब रियाज, हसन अली, शाहिन शाह अफिदी र मोहम्मद आमिर ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!