ओम अस्पतालको लापरबाहीः पित्तथैलीको अपरेशन गर्दा आन्द्रा छेँडिएपछि विरामीको मृत्यु

काठमाडौं, जेठ ३० । ओम अस्पतालले पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको छ । उनको गत शुक्रशार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । ‘निको हुँदै छ भनेर डक्टर भन्नुभएको थियो । तर आज विहान सात बजे मृत्यु भयो भन्नुभयो’, बिरामीका आफन्त खड्ग श्रेष्ठले भने, ‘अस्पतालको चरम लापरवाहीले राम्रै मानिसको पनि यो हालत भएको छ ।’ रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् । अनलाइन खबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!