बेहडा बाबासम्म निःशुल्क बस सेवा संचालन

धनगढी, जेठ २९ । धनगढी उप–महानगरपालिका र धनगढीस्थित बस व्यावसायिक समितिले बेहडाबाबा मेलामा दर्शन गर्न जाने भक्तजनका लागि निःशुल्क बस सेवा संचालन गरेको छ।

बुधवारदेखि नै निःशुल्क बससेवा संचालनमा ल्याईएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । बस सेवा धनगढीको क्याम्पस चौक देखि बेहडाबाबा मन्दिरसम्म चल्ने छ, नगरप्रमुख वडले भने, ‘बुधबार र बिहीबार गरी दुई दिनका लागि मात्रै बस सेवा हो । मंगलबारदेखि धनगढी उप–महानगरपालीका १६ का रहेको बेहडाबाबा गंगा दशहरा मेला लागेको छ ।

बेहडाबाबा सुदूरपश्चिम प्रदेशकै मुख्य धार्मिक पर्यटकिय स्थल हो । यहाँ नेपालबाट मात्रै नभएर भारतका बिभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गर्दछन् । मेलामा आउने भक्तजन र दर्शनार्थीहरुका लागि ५ वटा बस निःशुल्क सवारी सेवा दिन थालेका छन् ।

भक्तजन र दर्शनार्थीहरुको सुविधाका लागि ठाउँठाउँमा भण्डारा र चिसो पानीको समेत ब्यबस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्