शिवसेना भन्छ, ‘धर्म मास्ने नियतले विदेशीको इशारामा गुठी विधेयक ल्याइयो’

काठमाडौं, जेठ ३० । शिवसेना नेपालले नेपाली मौलिक संस्कृति र हिन्दुत्वको एक आधारका रुपमा रहेको सदियौं पुरानो गुठी परम्परा मास्ने गरी सरकारले प्रस्तुत गरेको गुठी विधेयक मान्य नहुने जनाएको छ । शिवसेनाका अध्यक्ष अनिल बाबा ‘बस्नेत’ ले बिहीबार एक ऐक्यबद्धता पत्र सार्वजनिक गर्दै गुठी विधेयकको विरुद्ध आन्दोलन गरिरहेका तमाम धर्म, संस्कृति, राष्ट्रवादी शक्तिको कार्यक्रम सहि रहेको निष्कर्ष निकालेको छ ।

‘राजा र जनता भन्नु नै सही अर्थमा राष्ट्र हो’ भन्ने मान्यता राख्ने शिवसेनाले आफ्नो ऐक्यबद्धता पत्रमा लेखेको छ, ‘विदेशीको इशारामा हाम्रो पहिचान, संस्कार, संस्कृति र धर्म मास्ने कार्य नेपालका केही दलालहरु मार्फत गरेको कारणले आज यो अवस्थामा हामी नेपालीलाई पुर्याइएको छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!