विश्वकप क्रिकेटः फिन्चको १५३ रनमा श्रीलंकालाई विशाल लक्ष्य

काठमाडौं, जेठ ३२ । इग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाँच पटकको विजेता अष्ट्रेलियाले श्रीलंकालाई ३३५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३४ रन बनायो । उसका लागि ओपनर एवं कप्तान आरोन फिन्चले १५ चौका र ५ छक्काको मद्दतमा १३२ बलमा १५३ रन बनाए ।

यस्तै स्टिभ स्मिथले ७३, ग्लेन म्याक्सवेलले नट आउट ४६, डेभिड वार्नरले २६, उस्मान ख्वाजाले १०, शन र्मासले ३, एलेक्स केरीले ४ र मिचेल स्टार्कले अविजीत ५ रनको योगदान दिए । बलिङमा इशुरु उडाना, धनन्जय डि सिल्भाले २–२ र लसिथ मलिंगाले एक विकेट लिए ।

अष्ट्रेलिया ४ खेलमा ३ मा जीत र एक खेलमा मात्र हार बेहोर्दै ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । यता श्रीलंकाले ४ खेलमा १ मा जीत र एक खेलमा पराजित भएको छ । उसले २ खेलमा अंक बाँड्दै तालिकाको पाँचौ स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै छन् । यी दुई टिबीचको खेल साँझ ६ः१५ बजेदेखि सुरु हुनेछ । दक्षिण अफ्रिका र अफगानिस्तान दुवै पहिलो जीतको खोजिमा छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!