‘भ्वाइस अफ नेपाल’ मा २ कोच परिवर्तन

काठमाडौं, असार २ । लोकप्रिय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ का लागि दुई नयाँ कोचको प्रवेश भएको छ । पहिलो सिजनमा रहेका कोचद्धय सनुप पौडेल र अभया बारिएपछि अब मंगोलियन हर्टका गायक राजु लामा र गायिका आस्था राउतको प्रवेश भएको हो । योसँगै अब राजु लामा, आस्थाको साथमा पुरानै कोच गायक दीप श्रेष्ठ र प्रमोद खरेलले प्रतिस्पर्धीको मूल्यांकन गर्नेछन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘द भ्वाइस अफ नेपाल–२’को आयोजकले यो जानकारी दिएको हो । यस्तै, हिमालय एचडीबाट यो शो साउनको पहिलो साताबाट प्रशारण हुने जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ । साउनको पहिलो साताबाट शुक्रबार र शनिबार बेलुकी ८ बजे यो शो प्रशारण हुने भएको छ । यसपटक, यो शोमा नेपाली दर्शकको चाहना अनुसार विभिन्न शैली परिवर्तन गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!