गेल र रसेल फेल हुँदा पनि वेस्ट इडिन्जले दियो विशाल लक्ष्य

काठमाडौं, असार १ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनायो । उसका लागि साई होपले १ छक्का र ४ चौकाको मद्दतमा १२१ बलमा ९६ रन बनाए ।

इभन लुइसले ७०, सिमरोन हिटमायरले ५०, कप्तान जसन होल्डरले ३३, निकोलश पूरनले २५, ड्वायन ब्रावाेले १९, ओसेन थोमसले नट आउट ६, क्रिस गेल र आन्द्रे रसेलले भने खाता नै खोल्न सकेनन् । बलिङमा बंगलादेशका मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमानले ३–३ र शकिव अल हसनले २ विकेट लिए । केही बेरमा बंगलादेशले जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!