विश्वकपः वेस्ट इन्डिजविरुद्ध शाकिवको शानदार शतक

काठमाडौं, असार २ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध बंगलादेशका शाकिव अल हसनले शतक बनाएका छन् । उनले १३ चौकाकोे मद्दतमा ८३ बलमा शतक बनाएका हुन् । जारी सिजनमा उनको यो दोस्रो शतक हो । यसअघि उनले इंग्ल्याण्डविरुघ १२१ रन बनाए थिए ।

जारी संस्करणको शाकिवले २ अर्धशतक र २ शतक बनाइसकेका छन् । उनी सर्बाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमासमेत छन् । आज टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनायो ।

उसका लागि साई होपले १ छक्का र ४ चौकाको मद्दतमा १२१ बलमा ९६ रन बनाए । इभन लुइसले ७०, सिमरोन हिटमायरले ५०, कप्तान जसन होल्डरले ३३, निकोलश पूरनले २५, ड्वायन ब्रावाेले १९, ओसेन थोमसले नट आउट ६, क्रिस गेल र आन्द्रे रसेलले भने खाता नै खोल्न सकेनन् । बलिङमा बंगलादेशका मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमानले ३–३ र शकिव अल हसनले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!