विश्वकपः वेस्ट इन्डिज पहिलो पटक बंगलादेशसँग पराजित

काठमाडौं, असार २ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा बंगलादेशले ऐतिहासिक जीत हासिल गरेको छ । सोमबार राति भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो । बंगलादेशले विश्वकपमा पहिलो पटक वेस्ट इन्डिजलाई हराउन सफल भएकाे हाे ।

३२२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको बंगलादेशले ४१.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि शाकिव अल हसनले शतक बनाए । उनले १६ चौकाको मद्दतमा ९९ बलमा १२४ रनमा नट आउट रहे । यस्तै लिटन दासले ४ छक्का र ८ चौकाको सहयोगमा ६९ बलमा ९४ रन बनाएर अविजीत रहे । यस्तै, तमिम इग्बालले ४८, सौम्य सरकारले २९, मुस्फिकुर रहिमले १ रनको योगदान दिए ।

बलिङमा वेस्ट इन्डिजका ओसेन थोमस र आन्द्रे रसेलले एक–एक विकेट लिए । आज टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनायो । उसका लागि साई होपले १ छक्का र ४ चौकाको मद्दतमा १२१ बलमा ९६ रन बनाए ।

इभन लुइसले ७०, सिमरोन हिटमायरले ५०, कप्तान जसन होल्डरले ३३, निकोलश पूरनले २५, ड्वायन ब्रावोले १९, ओसेन थोमसले नट आउट ६, क्रिस गेल र आन्द्रे रसेलले भने खाता नै खोल्न सकेनन् । बलिङमा बंगलादेशका मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमानले ३–३ र शकिव अल हसनले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!