तरुण दलका उपाध्यक्षमाथि आक्रमण गर्ने ३ जना पक्राउ

बाँके, असार ५ । बाँकेको राप्ती सोनारी गाउँपालिकाका तरुण दल उपाध्यक्ष प्रदीप रजकमाथि साङ्घातिक आक्रमण गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले आक्रमणमा संलग्न वसन्त घर्ती, नारायण डाँगी र ऋषि देवकोटालाई आज कोहलपुरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

आक्रमणमा ८ जनाको संलग्नता रहेको र सबैलाई पक्राउ गरिने उनले बताए । पीडितको जाहेरीपछि मुद्दा प्रक्रिया अगाडि बढाइने सिंहले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!