आज दुई ग्रहको राशि परिवर्तन हुँदै, मेष, कर्कटको सबैभन्दा राम्रो, थाहा पाउनुस् अन्य राशीमा प्रभाव

राशीफल र ज्योतिषशास्त्रमा विश्वास गर्नेहरुका लागि आज हुने ग्रहहरुको परिवर्तनले विशेष प्रभाव राख्ने देखिन्छ । पढनुस तपाईको राशीमा के कस्तो परिवर्तन हुँदैछ ।

आज साँझ चन्दं्रमा शुक्रको राशी वृषमा आउँदैछ । जबकि शुक्र बृष राशीबाट मिथुनमा पुगिसकेका छन् । ग्रहहरुको यो परिवर्तनबाट तपाईको जीवनमा के असर पर्छ त ?

मेष

मेश राशीले आज धन निवेश गर्न सक्नुहुन्छ । आर्थिक योजनाका लागि पनि शुभ दिन छ । निर्धारित कार्य पुरा हुनेछन् । परिवारमा सुख शान्तिको वातावरण बन्ने छ । यात्रा लाभप्रद रहनेछ । तपाईको पराक्रममा बृद्धि हुने योग छ । आज गरिएका कार्यहरु सफल हुने योग छन् । आशा अनुरुप लाभ पनि हुनेछ । कार्यक्षेत्रमा अधिकारी वर्गको सहयोग पाइनेछ । बिरोधी निर्बल रहनेछन् । भाग्य ९२ प्रतिशत सम्म साथ दिने छ ।

बृषभः

प्रिय बस्तु प्राप्ति र धनको लाभ हुनेछ । मानसम्मान बढेगा । पारिवारिक वातावरणमा सुधार हुनेछ । व्यवहारिक कार्यमा पुरा गर्नका लागि आजको दिन शुभ हुनेछ । लामो समयदेखि जुन काममा तपाई लाग्नु भएको थियो । आज तपाईको प्रयासले सफलता पाउने संयोग जुटेको छ । नयाँ अवसर पनि पाइन सक्छ । परिवार सहित मित्रजनको सहयोग मिल्नेछ । आज भाग्य ८० प्रतिशत साथ दिने छ ।

मिथुन

मनको एकाग्रता कम हुँदा बेचैनी हुन सक्छ । शारीरिकरुपमा शिथिलताको अनुभूति हुने सम्भावना छ । धन निवेश सोच विचार गरी गर्नुहोला । अत्यधिक खर्चबाट जोगिनुस । आज मन अशान्त रहन सक्छ । मानसिक उल्झनका कारण किसी काममा मन लाग्दैनथे । तनावका कारण मन खराब हुन सक्छ । योग गरेर तनावमा केही कमी ल्याउन सक्नुहुन्छ । बाहन सावधानीपूर्वक चलाए । स्वास्थ्य प्रति सावधानी अपनाउनुस । भाग्य ५८ प्रतिशत साथ दिने छ ।

कर्कट

माता लक्ष्मीको कृपादृष्टि तपाईमाथि हुनेछ । उच्च अधिकारीहरुको शुभ दृष्टि पनि तपाईको कार्यक्षेत्रमा बन्ने छ । व्यवसायमा कार्य सफलता तथा मित्रहरुबाट लाभ प्राप्त हुने छ । रोकिएको धन पाइने छ । प्रयास गर्दा सबै काम सफल हुनेछन् । धन लाभ हुँदा यश मान सम्मानमा बृद्धिको योग बनेको छ । आज तपाई प्रसन्नताको अनुभूति गर्नुहुनेछ । प्रेम सम्बन्धमा मधुरता आउने छ । कुनै रोमान्टिक स्थानमा जाँदा राम्रो । भाग्य सत प्रतिशत साथ दिने छ ।

सिंह

मनमा प्रसन्नता र शरीरमा स्फूर्तिको अनुभूति हुने छ । मान प्रतिष्ठा र उच्च पदको प्राप्ति सम्भव छ । काममा दिनभर व्यस्ता हुनुपर्नेछ । तर काम बन्ने भएकोले खुशी पाइनेछ । तपाईले बनाएका नयाँ सम्पर्कले लाभ दिनेछन् । जोखिमपूर्ण काममा रुचि बढने र महिला वर्गको सहयोगबाट लाभ हुने देखिन्छ । स्वास्थ्यको भने विचार गर्नुहोला । कुनै मांगलिक कार्यमा जान सक्नुहुन्छ । भाग्य ८७ प्रशित साथ दिने छ ।

कन्या

सबै काममा तपाई आफ्नो भाग्यको सहयोग प्राप्त गर्नुहुनेछ । धर्मकर्ममा रुचि बढला । यात्रा सुखद रहनेछ । उन्नतीको समाचार मिलेगा । पुरस्कार अथवा भेट पाउँदा हर्षको अनुभूति हुने छ। पारिवारिक वातावरण सामान्य रहला । बुवासँग सम्बन्ध राम्रो होला । परिवारमा स्त्री वर्गलाई विशेष सम्मान गर्नुहोला । लाभ पाइन सक्छ । आज भाग्य ८५ प्रतिशत साथ दिनेछ ।

तुला

दिनको प्रारम्भव मानसिक तनावबाट हुनसक्छ । मनलाई शान्त राख्दा नै फाइदा होला । वाहन सावधानीपूर्वक चलाउनुहोस् । स्वास्थ्यप्रति विशेष सावधानी आवश्यक छ । कार्यमा बाधाको योग बनेको देखिन्छ । मनोबल कमजोर हुनसक्छ । तर यो अवस्था सधैं रहन्न । धैयबाट काम लिनुस र आउने कठिनाईसँग उच्च मनोबलले लडने साहस बनाउनुस । भाग्य ५५ प्रतिशत साथ दिने छ ।

वृश्चिक

जीवनसाथीसँगको व्यवहार निकै मधुरतापूर्ण रहनेछ । मित्रहरुसँग यात्रामा जाँदा यादगार समय रहनेछ । भाई र स्नेहजनसँग राम्रो सम्बन्ध होला । जिम्मेवारी बढने दृेखिन्छ । खर्च बढने तर सुख समृद्धि पाइने योग छ । गुप्त शत्रुले दुख दिने सम्भावना भएकोले सावधान रहने आवश्यकता छ । खर्चमा नियन्त्रण गर्नुहोला । भाग्य ६८ प्रतिशत साथ दि ने छ ।

धनु

मान सम्मानमा बृद्धि हुनेछ । प्रतिष्पर्धिमाथि विजय प्राप्त होला । अचानक कुनै शुभ समाचार पाइन सक्छ । धन लाभ हुने योग छ । अल्प प्रयासबाट यश पाइने र कुनै प्रियजनसँग भेट हुन सक्छ । सन्तान हुनेले सन्तानसँग समय बिताउँदा राम्रो । भाग्यले ९२ प्रतिशत साथ दिने छ ।

मकर

मन सिर्जनात्मक प्रवृत्तितर्फ आकर्षित हुने छ। स्वभावमा प्रेम भावको बृद्धि हुने छ । विद्यार्थीका लागि आजको दिन शुभ छ । बिरोधी परास्त हुने छ। व्यवहार कुशल र शान्त रहेर गर्दाै अवसरको लाभ उठाउनु सक्नुहुन्छ । उन्नतीको मौका छ । आज शान्तपूर्वक बस्नुस र गरिबलाई केही बस्त्र दान गर्नुस । भाग्य ७७ प्रतिशत तपाईको साथमा छ ।

कुम्भ

कुनै वादविवादमा नपर्नुस् । घरमा आमा या कुनै बयोबृद्द महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ला । साझेदारीमा लाभ नपाईने संकेत देखिन्छ । आफ्नै पनि पराई जस्तो व्यवहार गर्न सक्छन् । शारीरिक अस्वस्थता सम्भव छ । विवादबाट जोगिनुस । वाणीमा संयम राख्नुस् । भाग्य ४५ प्रतिशत साथ दिनेछ ।

मीन

पराक्रममा बृद्धिको योग छ । उत्साहमा पनि बृद्धि होला । बुजुर्ग र मित्रहरुबाट लाभको अपेक्षा राख्न सकिएला । साझेदारीको व्यापार या मित्रबाट लाभको योग छ । अन्जान व्यक्तिबाट सहयोग पाइन सक्छ । जीवनसाथीसँगको मनमुटाव कम हुने योग छ । भाग्य ८५ प्रतिशत साथ दिने छ ।

–ज्योतिषाचार्य आशुतोष वार्ष्णेयले दैनिक भाष्करमा लेख्नुभएको भविष्यफल एभरेष्टदैनिकका लागि अनुवाद गरि साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!