मंगलबार कतिमा कारोबार हुँदैछ सुनको भाऊ ?

काठमाडौं, असार १७ । साताको तेस्रो दिन मंगलबार बजारमा सुनचाँदीको भाऊमा कुनै परिवर्तन भएको छैन ।

सोमबार प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, सोमबार तेजावी सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि फेरि चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!