कतिले बढ्यो सुनको भाऊ ?

काठमाडौं, असार १८ । साताको चौथो दिन बुधबार बजारमा सुनको भाऊ पाँच सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, मंगलबार तेजावी सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बुधबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

मंगलबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज बढेर चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!