बस खोलामा खस्यो, २९ जनाको मृत्यु, दर्जनौं घाइते

लखनऊ, भारतको उत्तरप्रदेशस्थित यमुना एक्सप्रेसवे मा शनिबार बिहानै बस अनियन्त्रित भई खोलामा खस्दा २९ जनाको मृत्यु भएको छ ।

भास्कर दैनिकका अनुसार, घटनामा २० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

घाइतेहरुलाई अस्पताल लगिएको छ ।

घटना उत्तरप्रदेशको आगराबाट ९ किलोमिटर दूरीमा रहेको एत्मादपुरमा भएको थियो ।
मृतकहरुमा २८ जना पुरुष र २ जना महिला रहेका छन् ।

जनरथ सेवाको बस लखनउबाट दिल्लीतर्फ जाँदै गरेको थियो । बसमा ५० बढी यात्रु रहेका थिए । क्रेनको मद्दतले बसलाई खोलाबाट निकालिएको छ ।

तीब्र गति र चालक उँघेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!