अछाममा चिर्पट प्रहार गरी ससुरा र ठूलोबुवाको हत्या

अछाम,असार २५ । मंगलसेन नगरपालिका–१ कुन्तीबण्डालीको ढुंगानीमा पाहुना आएका ससुरा र ठूलोबुवाको दाउराको चिर्पटले हानेर एक युवकले मंगलबार मध्यरातमा दुई जनाको हत्या गरेका छन् ।

ढुंगानी निवासी अन्दाजी २८ वर्षीय लफे भनिने पिरमकुमार साउँदले सोही ठाउँमा बस्ने ठूलोबुवा ७२ वर्षीय देउसिंह थापा र ५५ वर्षीय ससुरा विरभान थापालाई दाउराको चिर्पटले हानेर हत्या गरेको अछाम प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न भनिएका साउँद सोही नगरपालिका–२ को खम्बबाट पक्राउ परिसकेका छन् । घटनाको कारण भने नखुलेको र थप अनुसन्धान भइरहेको अछाम प्रहरीको भनाइ छ ।

ससुराको घर घटनास्थलबाट पैदल करिब आधा घण्टाको दूरीमा रहेको बताइएको छ । हत्या आरोपित साउँदकी श्रीमतीलाई उदृत गर्दै अछाम प्रहरीका अनुसार राति घर बाहिर आउजाउ गरिरहेको र ठूलो बुवा र ससुराले सुत्न भनेपछि घटना भएको बताइएको छ ।

राती करिब एक बजे भएको घटनामा प्रहरीलाई पौने चार बजे खबर पाएलगतै डिएसपी जनकबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले घटनाका बारेमा जानकारी लिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!