उडिरहेको विमानभित्रै एक जोडीको यस्तो हर्कत गरेपछि…

एजेन्सी । उडिरहेको विमानमित्र एक जोडीले गरेको क्रियाकलापको एउटा भिडियो अहिले इन्टरनेटमा तीव्र रुपमा शेयर भइरहेको छ ।

भिडियोमा विवरण नखुलेको विमानको बाथरुम छेउमा रहेको खाली ठाउँमा एक युवक र युवतीले योगा गरिरहेको देख्न सकिन्छ। अन्य यात्रु सुतिरहेको अवस्थामा यी जोडीले पछिल्लो भागमा योगाका विभिन्न आशनहरू गरिरहेको देख्न सकिन्छ।

अमेरिकाका केही रियालिटी शोमा देखिइसकेका जोकोलस कलरिजले यो भिडियो पोस्ट गरेका हुन्। भिडियोमा योगा गर्ने निकोलस आफैँ हुन भन्ने दाबीसमेत गरिएको छ। यद्यपि भिडियोमा योगा गर्न युवक र युवतीको अनुहार भने देखिएको छैन।

यो कुन फ्लाइटको भिडियो हो र कसरी खिचियो भन्ने प्रस्ट भएको छैन। भिडियो पोस्ट भएपछि हजारौं युजरले यो भिडियोमा मिश्रित प्रतिक्रिया दिएका छन्। प्रतिक्रियामा केहीले यसलाई रमाइलो भनेका छन् भने केहीले बेवकुफी। केहीले भने विमानलाई बेडरुम नसम्झिनसमेत भनेका छन्।

https://www.youtube.com/watch?time_continue=64&v=-LsmIwrnnwo

कमेन्ट गर्नुहोस्

error: Content is protected !!