वी.पी.प्रतिष्ठानका उपकुलपति घुससहित अख्तियारको नियन्त्रणमा

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार आठ लाख घुस सहित अख्तियारको नियन्त्रणमा परेका छन्। दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरुलाई नियन्त्रणमा लिएको हो।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी प्राप्त भएपछि उनीहरुलाई उपकुलपतिको निवास, धरानबाट  आठ लाख रकमको साथ रङ्गेहात पक्राउ गरिएको हो। अख्तियारले जारी गरेको प्रेस विज्ञप्तीमा प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार उनीहरुमाथि थप अनुशन्धान भइरहेको जनाइएकोछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!