सिंहदरबारको पर्खाल भत्कियो, आवतजावतमा समस्या

काठमाडौं, असार २७ । लगातरको वर्षाले सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । भूकम्पका बेला कमजोर भएको पर्खाल अविरल वर्षाले भत्किएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!