एक लाख घुससहित ४ जना प्रहरी अख्तियारको फन्दामा

काठमाडौं, असार २७ । राजधानीको सामाखुसीबाट एक लाख रुपैयाँ घुससहित ४ जना प्रहरी पक्राउ परेका छन्। सामाखुसीस्थित एउटा मिठाई पसलबाट एक लाख रुपैयाँ घुससहित ४ जना प्रहरी रंगेहात पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

घुस लेनदेन भइरहेको जानकारी पाएपछि पुगेको अख्तियारको टोलीले छापा मारेर ट्राफिकका तीनजना र दुई नम्बर गणका एकसहित चारजना प्रहरी जवानलाई पक्राउ गरेको प्रवक्ता कोइरालाले बताए ।

पक्राउ परेका प्रहरीको नाम खुलाइएको छैन। उनीहरुले बिम रकम दाबीका लागि सवारी दुर्घटना प्रमाणित गर्न कागजात बनाइदिन एकजना सेवाग्राहीबाट उक्त घुस लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!