आईजिपी खनालद्वारा उद्दारमा लाग्न सशस्त्र प्रहरीलाई निर्देशन

काठमाडौं, असार २८ । सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनालले वर्षाका कारण समस्यामा परेका जनताको उद्दारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

देशैभरि लगातार परेको वर्षाका कारण कैयन् बस्ती डुबानमा पर्नुका साथै बाढी र पहिरोले जनजीवत अस्तव्यस्त बनेको बेला महानिरिक्षक खनालले उद्दारका सबै पहल गर्न निर्देशन दिएका हुन् । खनालले डुबानमा परेका जनतालाई उद्दार गर्न तथा मानवीय राहत एवं सहायताको पहल गर्न सबै ईकाईहरुलाई निर्देशन दिएको मुख्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी मुख्यालयका अनुसार, तराई तथा पहाडका सबैजसो जिल्लामा सशस्त्र प्रहरिले बाढीमा फसेका जनताको उद्दार, प्राथमिक उपचार सहायता, राहतका साथै बाटो पन्छ्याउने समेतका कार्यमा सक्रियता देखाएको छ ।

यसअघि देशका विभिन्न क्षेत्रमा हावाहुरिपछिको प्राकृतिक विपदको बेफा समेत सशस्त्र प्रहरिले उद्दार र मानवीय सहायतामा सक्रियता देखाएको थियो । यस वर्ष मनसुन सक्रिय भएपछि देशका विभिन्न स्थानमा भारी वर्षाका कारण एक दर्जन बढीको मृत्यु भएको छ भने हजारो जनता डुबानमा परेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!