विप्लवका कार्यकर्ताले जलाए एनसेलका सीम र रिचार्ज कार्ड

कैलाली, साउन १ । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले धनगढीमा एनसेलका सीम र रिचार्ज कार्ड जलाएका छन् । कार्यकर्ताले सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडिको सडकमा रिचार्ज र सीम कार्ड जलाएका हुन् ।

बुधबार साँझ मोटरसाईकलमा आएका विप्लव समूहका युवाले पेट्रोल छर्केर कार्ड जलाएका हुन्। उनीहरुले ‘कर छल्न पाइँदैन, भ्रष्ट एनसेल चाहिँदैन’ लेखिएको ब्यानर र प्लेकार्ड पनि छोडेका छन्। विप्लव एरिया कमिटि धनगढीले एनसेल कर काण्डको बिरोध स्वरुप कार्यक्रम गरेको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!